देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राखेपको मुद्दा आइतबार पेशीमा नचढी स्थगित

देशान्तर

काठमाडौं – रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद(राखेप)को सदस्य सचिवबाट आफ्नो बर्खास्ती र नयाँ नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ आइतबार पेशीमा नचढी स्थगित भएको छ ।

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको सूचनाअनुसार सिलवालले दायर गरेको रिटको पेशी स्थगित भएको छ ।

पछिल्लो एक महिनायता हरेक साता पेशी तोकिए पनि कतिपय अवस्थामा हेर्न नभ्याइने र कतिपय अवस्थामा हेर्न नमिल्ने भन्दै रिटको सनुवाइ भएको छैन ।

सिलवालले गत कात्तिक २८ गते आफ्नो बर्खास्ती र मंसीर २१ गते नयाँ नियुक्तिबारे मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । दुवै रिटमा प्ररम्भिक सुनुवाइ गरी सर्वोच्चले मंसीर ३० गते सबै पक्षसँग बृहत छलफलपछि निर्णय गर्नुपर्नेु देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी पुस १२ गतेका लागि पेशी तोकेको थियो ।