काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौंका सल्लाहकार नेपाली काग्रेसमा प्रवेश गरेका छन् । माओवादी केन्द्र काठमाडौं जिल्लाका सल्लाहकार हरि उप्रेती नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली काग्रेस काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं– १० मनमैजुको वडा सम्मलेनका क्रममा काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाको हात वाट टिका लगाएर काग्रेसमा गरेका हुन ।
लामो समय देखि माओवादीको राजनीतिमा रहे पनि माओवादीको प्रवृत्ति देखि दिक वाक्क लागेर पार्टी छाडेको उनले वताए । उनी नुवाकोट जिल्लाका गाउ, इलाका हुदै जिल्ला इन्चार्ज भएर समेत काम गरेका थिए । उनी पछिल्लो समय माओवादी केन्द्र काठमाडौं जिल्लाका सल्लाहकार थिए । उप्रेतीलाई काग्रेसमा भित्र्याउने क्रममा डा कोइराला संगै सांसदहरू भिमसेनदास प्रधान, कौशर साह लगायतका नेताहरुको सहभागी थिए ।
प्रतिक्रिया