काठमाडौँ – आगामी चैत १० देखि १४ सम्म बाँकेको नेपालगञ्जमा आयोजना हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा पाँच तारे होटल सेन्ट्रल प्लाजाले सहयोग गर्ने भएको छ । आठौँ संस्करणको प्रतियोगिताका लागि पाँच तारे होटल सेन्ट्रल प्लाजा र बाँके जिल्ला भलिबल संघबीच प्रतियोगिताका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
होटलले प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा हुनेछ । शुक्रबार भएको सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गरेका थिए ।
सम्झौताका समयमा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेर्टिङ अफिसर सौगात विक्रम शाहको उपस्थिति थियो ।
प्रतिक्रिया