देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल उद्योग बाणिज्य महासंघमा गोल्छाको पल्ला भारी

देशान्तर

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को भोलि (सोमबार) साधारणसभा सम्पन्न हुँदैछ । साधारणसभाले महासंघको नया नेतृत्व चयन गर्नेछ । नया नेतृत्वमध्ये अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणाको आउने पक्का भएपनि बरिष्ठ उपाध्यक्ष पदको लागि भने चुनावकै नतिजा कुर्नुपर्ने भएको छ । बरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मतको प्रयास असफल भएपछि चैत २९ गते मंगलबार उद्योगी शेखर गोल्छा र किशोर प्रधानबीच चुनावी भीडन्त हुने निश्चित भएको हो ।

वर्तमान अध्यक्ष पशुपति मुरारका र भवि अध्यक्ष भवानी राणाले सर्वसम्मत रुपमा बरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रयास गरेपनि किशोर प्रधानलाई बोक्नेहरुले त्यसलाई साकार हुन दिएनन् । यसले गर्दा गोल्छा र प्रधानबीच चुनावी भीडन्त हुने निश्चित भएको हो ।
चुनावी भीडन्तमा प्रधानको तुलनामा गोल्छा निकै बलिया देखिएका छन् । गोल्छाले आफ्नो पूर्ण प्यानल घोषणा गरेपनि प्रधानले अन्तिम समयमसम्म पनि आफ्नो प्यानललाई पूर्णता दिन नसक्नुले मैदानमा उनी कमजोर छन् भन्ने देखिन्छ । गोल्छा समूहबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दिएका छन् । यसमध्ये एसोसिएट्स उपाध्यक्षका ढकाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रधान समूहले तीन पदाधिकारी सहित २५ सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला नगरतर्फ उपाध्यक्षसहित १२ सदस्य पदमा र बस्तुगत तर्फ उपाध्यक्षसहित १३ सदस्यपदमा उम्मेदवारी दिइएको हो । प्रधानको समूहबाट जिल्ला तथा नगरतर्फ प्रमोद श्रेष्ठ उपाध्यक्षमा प्रतिस्पर्धामा छन् । निर्वाचनमा ६४ पदका लागि दुबै समूहबाट गरी १ सय १२ उद्योगी व्यवसायीले मनोनयन दर्ता गराएका छन् ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल थाइल्याण्ड उद्योग वाणिज्य संघका अध्यक्ष अजय मुडभरी तथा प्रदेश नं। ३ बाट सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठ, प्रदेश नं. ५ बाट नवलपरासीका भीमबहादुर थापा क्षेत्री संस्थापक सदस्यबाट मोरङ व्यापार संघका अविनाश वोहराको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वा्चित हुने भएका छन् ।

प्रदेश नम्वर १ का लागि सदस्यमा रोहितप्रसाद प्रसाईं–इटहरी, लालचन्द गोंगुवा तामाङ–धनकुटा र मित्रप्रसाद काफ्ले–पााचथरले मनोनयन दर्ता गरेका छन् । प्रदेश नं। २ मा वीरगन्जका गणेशप्रसाद लाठ र महोत्तरीका विजयकुमार शाह प्रतिस्पर्धामा छन् । प्रदेश नं। ४ मा लेखनाथ उद्योग वाणिज्य संघका बाबुराम गिरी र बागलुङका निर्माण कुमार श्रेष्ठ प्रतिस्र्धामा छन् । प्रदेश ६ मा डोल्पाका लंकमान रोका र दैलेखका शान्तिप्रसाद शर्मा तथा प्रदेश नं. ७ मा डोटीका डम्बरबहादुर भण्डारी, डडेलधुराबाट प्रकाशबहादुर साउद, कञ्चनपुरका माधवप्रसाद भट्ट र बाजुराबाट देवबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला नगरतर्फ
सुदर्शन कार्की (दोलखा), कृष्णप्रसाद श्रेष्ठ (अर्घाखााची), दिपक लम्साल (स्याङ्जा), राजन श्रेष्ठ (नुवाकोट), चन्ऽकान्त अधिकारी (धादिङ), सुरकृष्ण श्रेष्ठ (काभ्रें), राजकुमार न्यौपाने (मकवानपुर), मनिषलाल प्रधान (ललितपुर), कृष्णप्रसाद शर्मा (सिद्धार्थनगर), दीलसुन्दर श्रेष्ठ (धुलिखेल), निरक केसी (सुर्खेत), राजेन्ऽकुमार श्रेष्ठ (सिन्धुपाल्चोक), देवकुमार श्रेष्ठ (तनहुा), कृष्णप्रसाद श्रेष्ठ (नेपालगञ्ज), किशोरकुमार आचार्य (रोल्पा), धु्रवराज श्रेष्ठ (दाङ), उमेश डालमिया (झापा), सुरेन्ऽप्रसाद श्रेष्ठ (बुटवल), भुवनलाल श्रेष्ठ (मकवानपुर), कल्पना गैरे (डडेलधुरा), निर्मलकुमार चौधरी (जनकपुर), गजेन्ऽकुमार भगत (त्रियुगा), लोकविक्रम थापा (कञ्चनपुर), मनोजकुमार मुन्दडा (सप्तरी), कल्याण जोशी (चितवन), सुशीला सापकोटा (इलाम), दिपेन्ऽकुमार खत्री (तुलसीपुर), पशुपतिबहादुर खड्का (रामेछाप), नरवीर रावत (मुगु) ।

बस्तुगततर्फ
कमला श्रेष्ठ (सौन्दर्यकला), लोकनाथ गैरे (फ्लोरिकल्चर), जयप्रसाद शिवाकोटी (भन्सार एजेन्ट), सन्दीपकुमार अग्रवाल (बनस्पति घ्यू), हेमराज ढकाल (चिया उत्पादक), विनोद ढकाल (क्यान), सुनीलगोपाल श्रेष्ठ (मसलन्द), सुरेन्द्रकुमार श्रेष्ठ (निर्यात), हेमरत्न शाक्य (हस्तकला), खेमराज पन्त (कुरियर), रवीनकुमार श्रेष्ठ (फुटवेयर), अञ्जन श्रेष्ठ (नाडा अटोमोवाइल्स), आकाश अधिकारी (चलचित्र निर्माता), प्रकाशसिंह कार्की (फ्रेट फरवार्डर्स), चण्डीप्रसाद अर्याल (तयारी पोशाक), नरेशलाल श्रेष्ठ (ऊनी फेल्ट), हेमराज बडाल (पशुपंक्षी औषधि), सुरज बज्राचार्य (कपडा), भक्तबहादुर हमाल (रसायन), डा. तिलचन्द्र भट्टराई (दाना), शिवप्रसाद घिमिरे (एलपी ग्यास), हंसराज बाग्ले (वैदेशिक रोजगार), गोविन्द घिमिरे (हर्बल), सन्तोष श्रेष्ठ (विज्ञापन), तुलसीराज गिरी (मत्स्य), सकुन्तलाल हिराचन (निर्माण) दिपकबहादुर शाही (सौर्यविद्युत्) ।

एसोसिएटतर्फ
अनिलकुमार केडिया (यति फेब्रिक्स), मनिषकुमार अग्रवाल (लुम्बिनी चिनी), भरतराज आचार्य (टीएसएन प्लाष्टकेयर), कृष्णप्रसाद दुलाल (पीएलओ), प्रवलजंग पाण्डे (लोमस फर्मास्युटिकल्स), साहिल अग्रवाल (जगदम्बा स्टिल), रामचन्ऽ संघाई (त्रिवेणी स्पिनिङ), रामकृष्ण प्रसाई (शिखर), भेषराज अर्याल (खिलुङकालीका एजुकेसन), प्रकाश गिरी (पद्य टि), गोपाल खनाल (मेगा कलेज), ज्योत्सना श्रेष्ठ (सयपत्री ज्वेलर्स), ज्ञानेन्ऽलाल प्रधान (हाइड्रो सोलुसन्स), ओमबहादुर राजभण्डारी (बृहत् इन्भेष्टमेन्ट), राजेशकुमार अग्रवाल (सिद्धार्थ पेट), बासुदेवप्रसाद गौतम (ओम निटिङ), शंकर श्रेष्ठ (बुटवल ग्यास), शक्तिकुमार वेगानी (नन्दन घ्यू), अशोककुमार टेमानी (यस इन्टरनेसनल), सौरभ ज्योती (भाजुरत्न इन्जिनियरिङ), रामशरण थपलिया (सफिसियन्ट कार्गो), रञ्जितराज आचार्य (निलबाराही फिल्म), सुनील नारायण श्रेष्ठ (नारायण इन्डष्ट्रिज), आनन्दकुमार बगरिया (प्रोवायोटेक), नारायण बजाज (ग्लोबल एजुकेसन), विजयसिंह वैद्य (शालिमार सिमेन्ट), उदीप श्रेष्ठ (पञ्चकन्या स्टिल), अशोककुमार तोदी (हनुमान मेटल्स), मंगेशलाल श्रेष्ठ (कास ट्ेरडिङ), शिशीरकुमार भट्ट (बीबी एयरवेज), अखिलकुमार चापागाईं (अखिल ट्रेडिङ) ।