देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र सङ्घका उपमहासचिव बिच भेटवार्ता

देशान्तर

 

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव तथा पोषण कार्यक्रमका संयोजक ग्रेडा भरवर्गले शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको बारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधार भइरहेको बताए ।

उनले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेन्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि महिला तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश छ भने ।

उपमहासचिव ग्रेडाले नेपालले पोषणमा गरेको प्रगति प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा राष्ट्र सङ्घले नेपाललाई पोषणको क्षेत्रमा थप काम गर्न सहयोग उपलब्ध गराउने आश्वासन दिएका थिए।