देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूला नेताः को कहाँका मतदाता ?

देशान्तर

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं महानगरपालिका वडा नं। १० मा मतदाता नामावली छन् । उनले काठमाडौं १० मा मतदान गर्नेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुनको मतदाता नामावली भने गोली गाउँपालिका–२, रोल्पामा छ । उनी मतदान गर्न रोल्पा जानुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकले राष्ट्रपति, प्रधानमन्त्री देखि ठूला नेताको मतदाता नामावली बारे समाचार छापेको छ। प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका–६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । सभामुख ओनसरी घर्तीको रोल्पा नगरपालिका ७, रोल्पामा मतदाता नामावली छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा मतदाता नामावली छ । देउवा स्थानीय तह निर्वाचनमा मतदान गर्न डडेल्धुरा जानेछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली दमक नगरपालिका–१२, झापामा छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको सूर्योदय नगरपालिका–९, इलाममा मतदाता नामावली छ । माधवकुमार नेपालले गौर नगरपालिका–३ बाट मतदान गर्नेछन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको मतदाता नामावली पालुङटार नगरपालिका–१, गोरखामा छ ।