देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपप्रधानमन्त्रीको वरियता विवादका कारण आजको मन्त्रिपरिषद् बैठक आइतवार सम्मका लागि स्थगित

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको असक्षमताका कारण दुई उपप्रधानमन्त्रीका बीचमा देखिएको वरियाताको विवादका कारण विहिवार  बोलाइएको मन्त्रीपरिषद बैठक स्थागित भएको छ । मन्त्रीपरिषदको बैठक विहिवार दिउसो तीन वजेका लागि बोलाइएको थियो । बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक आइतबारका लागि सारिएको हो।

उच्चस्रोतका अनुसार उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै रहेकाले बिहीबार बोलाइएको मन्त्रिपरिषदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो। उपप्रधानमन्त्री निधिले आफूलाई दोस्रो वरियतामा राखे राजीनामा दिने बताउँदै आएका छन् भने थापाले आफू दोस्रो नम्बरमा नपरे सरकार छोड्ने धम्की प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिदै आएका छन् ।

राप्रपाका अध्यक्षसमेत रहेका थापा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएर सरकारमा सहभागी भएयता मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन। उपप्रधानमन्त्री निधि र थापाको वरीयातक्रमको विवादका कारण चैत ३ गते यता मन्त्रिपरिषद बैठक पटक पटक स्थगित हुँदै आएको छ। उपप्रधान एवं गृहमन्त्री निधिले प्रमुख सत्तारुढ दल कांग्रेस भएको र पार्टीबाट आफूले नेतृत्व गरेर सरकारमा आएकाले आफू नै दोस्रो नम्बरमा हुनु पर्ने बताउँदै आएका छन्।

उपप्रधान एवं स्थानीय विकास मन्त्री थापाले भने आफू यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले दोस्रो वरियतामा आफू नै रहनु पर्ने र सोही सर्तमै आफू सरकारमा आएको अडान राखिरहेका छन्। उपप्रधानमन्त्री पहिलो भएकोलाई आधार मान्ने.हो भने नीधि र थापा दुवै वरियातमा पछि हुनेछन् । महरा पहिलो वरियातामा पर्नेछन् । तर महरा भन्दा नीधिलाई मािथल्लो वरियातामा ठुलो पार्टीको नेता भएका कारण अगाडि राखिएको थियो ।

प्रधानमन्त्री दाहाल दुई पटक भारत भ्रमणमा जाँदा दोस्रो वरियतामा रहेका गृहमन्त्री निधिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। तर, थापा उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागी भएपछि वरिष्ठता विवाद बढेको हो। विवादकै कारण प्रधानमन्त्री प्रचण्डले कसैलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिईँ साता व्यापी लामो चीन भ्रमणमा गएका थिए।