देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भगवती, सरस्वती र ब्वाइज युनियनको बिजयी सुरुवात

देशान्तर

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा भगवती क्लब र सरस्वती युथ क्लब र ब्वाइज युनियनले विजयी सुरुआत गरेका छन् ।

ललितपुरस्थित बुधबारबाट अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा भएको पहिलो खेलमा भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्लबलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन् ।

दिनको पहिलो खेलमा भगवती र झम्सीखेल युथ क्लबले पहिलो हाफ १–१ गोलको बराबरी खेलेका थिए । खेलको २४ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै झम्सिखेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको भगवतीले बराबरीको अवस्थालाई तोड्दै ५१ औं मिनेटमा रमेश राईको गोलबाट पुन अग्रता लियो ।

त्यसपछि दबाब दिएर खेलेका भगवतीले ६३औं मिनेटमा मिलन खड्काले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गर्न सफल भयो ।

‘बी’ डिभिजन लिग अन्तर्गत बुधबारकै अर्को खेलमा पनि समान ३–१ को नतिजा निकाल्दा सरस्वती युथ क्लबले सुरुआती एक गोलको अग्रता उल्टाएर बाँसबारीविरुद्ध रोमाञ्चक जित निकाल्यो ।

बाँसबारीले छैटौं मिनेटमा बिक्की राईको गोलबाट बाँसबारीले लिएको अग्रतालाई उल्टाउन सफल भएको हो । सुरुआतमा गोल खाए पनि सम्हालिएको खेल देखाएको सरस्वतीले २१औं मिनेटमा बिक्रम बिसुङ्खेको गोलबाट खेल बराबरीको अवस्थामा आएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा ८७ औं मिनेटमा सृजल लामाले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता उल्टाएका थिए । इन्जुरी समयमा भुपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३–१ को जित निश्चित गराए । जितसँगै सरस्वतीले बी डिभिजन लिगमा स्पष्ट ३ अंक जोडेको छ भने बाँसबारीले हारबाट लिगको सुरुआत गरेको छ ।

लिग अन्तर्गत बुधबारकै तेस्रो खेलमा ब्वाइज युनियनले बीरगञ्ज युनाइटेडलाई १–० ले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरीमा खेलेका थिए । ब्वाइज युनियनका लागि ६४औं मिनेटमा मीलन लिम्बुले गरेको गोल निर्णायक बनेको थियो ।

लिगमा बिहीबार पनि तीन खेल हुनेछन् । पहिलो खेल चर्च ब्वाईज र टुसाल युथ क्लब, दोस्रो खेल कुमारी क्लब र नयाँबस्ती युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिट) र खुमलटार युथ क्लब युथ क्लबबीच हुनेछ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोेली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ ।

यस्तै, पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन ।