देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोक्यो कांग्रेसले सात प्रदेशमा चुनावी सभाको मिति र स्थान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशमा मुख्य चुनावी सभा गर्ने भएको छ । निर्वाचन परिचालन समितिको बैठकले सभा गर्ने ठाउँ र मिति समेत टुंगो लगाएको छ । सभाको सुरुवात प्रदेश नम्बर ७ बाट हुनेछ । त्यस क्षेत्रको सभा कैलालीमा चैत २७ गते हुनेछ । प्रदेश नम्बर ५ को सभा तुलसीपुरमा २८ गते र २९ गते रुपन्देहीमा, ४ को पोखरामा २० गते हुनेछ ।

प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र १ को वैशाख २ गते झापामा हुनेछ । प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने समितिले जनाएको छ । सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुले आमसभामा समन्वय र सहयोग पुर्‍याउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

कांग्रेसले समन्वय उपसमितिहरु पनि बनाएको छ । आर्थिक स्रोत परिचालन, प्रचार–प्रसार समन्वय, सुरक्षा समन्वय, मतदाता शिक्षा तथा सचेतना समन्वय, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ । समितिले भोलि पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसदहरु र शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने तय गरेको छ ।