देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नारायणकाजी फकाउँदै प्रचण्ड

देशान्तर

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब के गर्ने भन्दै छलफलमा जुटेपछि दाहाल उनलाई फकाउन लागिपरेका छन् ।

एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर माओवादी पार्टीमा विवाद चर्कंदै गएपछि श्रेष्ठले नयाँ पार्टी गठन गर्ने चर्चासमेत भइरहेको छ । अध्यक्ष दाहाल मंगलबार श्रेष्ठलाई फकाउन हात्तीवनस्थित उनको निवास पुगेका पुगेका छन् । दाहाल र श्रेष्ठबीचको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले पार्टीमा कोही कसैप्रति असहिष्णु र अमर्यादित नहुन आग्रह गरेको बताए ।

दाहालको सचिवालयले पार्टीभित्रको असहमति कमिटीभित्रै दर्ज गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । अध्यक्ष दाहालले श्रेष्ठसँग भेटेर आफ्ना असन्तुष्टि पार्टीको बैठकमा राख्न आग्रह गरेका छन् ।

पार्टीमा नेताहरूबीच कहिलेकाहीँ मुद्दागत वा विषयगत अस्पष्टता र असहमति हुने तर ती विषय पद्धतिअनुरूप पार्टी कमिटीमा दर्ज गर्नुपर्ने दाहालका स्वकीय सचिव मल्लले बताए । राजधानीमा खबर छ ।