देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानिय चुनावलाई बहाना बनाउदै पत्रकार महासंघको चुनाव एक महिनापछि सर्‍यो

देशान्तर

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघको अधिवेशन एक महिना पछि सारिएको छ । हरेक तीन वर्षमा मे तीन (वैशाख २०–२१) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुँदै आएको अधिवेशन यसपाली स्थानीय चुनावको बाहना बनाएर पछि धकेलिएको हो । महासंघको आइतबार नगरकोटमा सम्पन्न बार्‍हौं पूर्ण बैठकले अधिवेशन जेठ २० मा काठमाडौंमा गर्ने निर्णय गरेको हो । महासंघका अझै पनि धेरै शाखाहरुको अधिवेशन हुन सकेको छैन् ।

इतिहाँसमा नै सवैभन्दा बढि विवादीत बनेको महासंघको नेतृत्व निर्धारित समयमा महाधिवेशन गराउनका लागि असफल भएको हो । बैशाख ३१ मा हुने स्थानिय निर्वाचनमा पत्रकारहरु समाचारमा केन्द्रित हुनुपर्ने भएकोले महासंघको निर्वाचन एक महिना पछि गर्ने निर्णय गरिएको महासचिव उजीर मगरको भनाइ छ ।

यदि स्थानीय चुनावको मिति फेरबदल भएमा भने महासंघको अधिवेशन बैशाख २० मै हुने छ । महासंघको बैठकले अधिवेशन हुन बाँकी जिल्ला शाखा, एशोसिएट र प्रतिष्ठानले आउँदो ७ बैशाखभित्र चुनाव गरिसक्नु पर्ने निर्णय गरेको छ । यो समयसीमाभित्र निर्वाचन नगर्ने शाखालाई २५ औं महाधिवेशनमा सहभागी नगराउने निर्णय समेत पत्रकार महासंघले गरेको छ ।