देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको निर्वाचन परिचालन समितिद्धारा तयारीलाई तिव्रता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले आफ्नो तयारीलाई तिव्र बनाएको छ । समितिले कार्यतालिका बनाएर नै छलफल र निर्वाचन परिचालनका कामहरु अगाडि बढाएको छ । समितिले पहिलो चरणमा निर्वाचनको वातावरण बनाउनका लागि पार्टीका बिभिन्न संरचनामा छलफल, दोश्रो चरणमा सवै प्रदेशमा शीर्ष नेताहरुले सम्बोधन गर्ने गरि छलफल र तेस्रो चरणमा योग्य उमेदवार चयनका लागि केन्द्रीय नेताहरुलाई समेत आ आफ्नो गाँउ क्षेत्र तथा जिल्लामा पठाउने र उमेदवार चयन गरेपछि घर घरमा कांग्रेस भन्ने अभियान सहित ७ सय ४४ स्थानिय तहमा नै आमसभा र धरदैलो कार्यक्रमका साथ केन्द्रीय नेताहरु पुग्ने कार्यक्रम बनाएको छ ।

समितिका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन समितिले भ्रातृसंस्थाका प्रतिनीधिहरुसंग गरेको छलफलमा सवै भ्रातृसंस्थालाई आ आफ्ना कार्यक्रम बनाएर निर्वाचनमा परिचालन हुनका लागि निर्देशन दिए । उनले नेपाली कांग्रेसले योग्य चुनान जित्न सक्नेलाई स्थानिय तहको निर्वाचनमा उमेदवार बनाइने भन्दै सवै भ्रातृ संस्थाका प्रतिनीधिहरुलाई गाँउ गाँउमा गएर नेपाली कांग्रेसको पक्षमा जनतालाई जगाउने निर्देशन दिएको महिला संघकी नेतृ गोमा केसीले जानकारी दिइन ।

नेतृ केसीका अनुसार वरिष्ठ नेता पौडेलले सवै भ्रातृ संस्थालाई तत्काल पुर्णता दिएर कांग्रेसको पक्षमा देशभर परिचालन हुन समेत निर्देशन दिएका थिए । पौडेलले भ्रातृसंस्थाका प्रतिनीधिहरुसंग पार्टी कार्यालय सानेपामा झण्डै तीन घण्टा छलफल गरेका थिए । छलफलमा नेपाल बिद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल तथा अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।