देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइजीपी नियुक्ति विवादमा बीचको बाटो रोज्ने प्रधानमन्त्रीको भनाई

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विवादलाई बीचको वाटो खोलेर टुंगो लगाउने बताएका छन् । उनले यो बारेमा पहिलो पटक सार्वजनिक रुपमा आफ्नो धारणा राखेका हुन ।

शनिबार प्रसारण भएको नेपाल टेलिभिजनको कार्यक्रम सीधा कुरा प्रधानमन्त्रीसँगमा उनले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति आगामी मन्त्रिपरिषद्को बैठकले गर्ने र नियुक्तिका क्रममा बीचको बाटो रोज्ने जानकारी दिए। सर्वोच्च अदालतको फैसलाको सम्मान र सरकारको कार्यकारी अधिकार दुबैलाई कायम राख्दै निर्णय लिने उनले बताए। उनले भने, ‘यो विषय सजिलै टुंगिन्छ।’

मन्त्रिपरिषद्को बैठकले डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरे पनि सर्वोच्चले वरियता क्रममा तेस्रो र कार्यसम्पादन मूल्याङ्कनमा चौथो नम्बरमा रहेको भन्दै प्रक्रिया नपुर्‍याई गरिएको उनको नियुक्ति बदर गरिसकेको छ।

सर्वोच्चले आफ्नो परमादेशमा नयाँ नियुक्ति गर्दा विगत चार आर्थिक वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा औसत सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई महानिरीक्षक नियुक्त गर्न आदेश दिएको छ।