देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिक्षु महासङ्घमा मैत्री

देशान्तर

काठमाडौंँ, अखिल नेपाल भिक्षु महासङ्घको १९औँ साधारण सभाले भिक्षु मैत्री महास्थविरका अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

चार वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिका उपाध्यक्षमा भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविर, महासचिवमा भिक्षु कोण्डन्य महास्थविर, सचिवमा भिक्षु राहुल महास्थविर, कोषाध्यक्षमा भिक्षु बोधिज्ञान महास्थविर तथा सदस्यमा भिक्षु शीलभद्र महास्थविर, भिक्षु भद्दिय महास्थविर, भिक्षु तपस्सीधम्म महास्थविर, भिक्षु पञ्ञासार स्थविर, भिक्षु पञ्ञारत्न स्थविर, भिक्षु सरणंकर स्थविर, भिक्षु पियदस्सी स्थविर, भिक्षु अशोक स्थविर तथा भिक्षु आचारो स्थविर रहेका छन् ।
यसअघि बिहीबार भएको महाधिवेशनमा महासचिव भिक्षु कोण्डन्यले वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । यसै अनुसार सहभागीहरुले छलफल गरी आवश्यक संशोधन पारित समेत गरे । त्यस्तै नेपाल बौद्ध परियत्तिसम्बन्धी केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै लुम्बिनीमा हाल निर्माण भइरहेको थेरवाद विहारका सम्बन्धमा भिक्षु धर्ममूर्ति महास्थविरले प्रतिवेदन प्रस्तुत गरे ।
उपसङ्घनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको सभापतित्वमा सम्पन्न १९ औंँ साधारणसभाका अवसरमा भिक्षु राहुल महास्थविरले परित्राण, महापरित्राण तथा पूजा, भिक्षु कोलित महास्थविरले प्रवज्या तथा उपसम्पदा, भिक्षु धर्ममूर्ति महास्थविरले स्वास्थ्य तथा भिक्षु पियदस्सीले प्रचार प्रसारका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । संशोधित विधान पारित पनि भएको अध्यक्ष मैत्रीले जानकारी दिए ।