काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग मिलेर नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने भएको छ ।
कैलालीको धनगढीमा जारी क्यानको वार्षीक साधारणसभाले सेभेन थ्री स्पोर्टससँग लिगका लागि आठ वर्षको सम्भौतालाई अनुमोदन गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।
लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षीक ३ करोड ९० लाखको सम्झौता भएको मल्लले जानकारी गराए ।
यस वर्षको लिग भने आगामी मे महिनामा टियु क्रिकेट मैदानमा आयोजना गर्ने तयारी भएको छ । यस अघि भने क्यानले सेभेन थ्री स्पोर्टससँग नेपाल प्रिमियर लिग गर्ने उदेश्यले १० वर्षको सम्झौता गरेपनि त्यो सम्झौता भने तोडेको थियो ।
मल्लका अनुसार यस पटक केही सुधार गरेर टी–ट्वान्टी लिगका लागि सम्झौता भएको हो । सम्झौता अनुसार सेभेन थ्रीले टियु क्रिकेट मैदानमा सुधारका कामहरु समेत गर्नेछ ।
यसका लागि युवा तथा खेलकुद मन्त्रालयले स्विकृति समेत दिएको छ ।
प्रतिक्रिया