देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियन माउन्टेन बाइक रेस

देशान्तर

काठमाडौँ, माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसै महिनामा हुने भएको छ ।

यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपाल सहित १७ देशका ८१ जनाको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संयोजक अनुज अधिकारीले जानकारी दिए ।

उनकाअनुसार रेसमा नेपालबाट ४२ जना र विदेशबाट ३९ जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा बेलयातबाट छ, बङ्गलादेशबाट पाँच, सिङ्गापुर, फिलिपिन्स र थाइल्यान्डबाट चार–चार जनाका दरले भाग लिनेछन् ।

त्यसैगरी अमेरिकाबाट तीन भारत र अस्ट्रेलियाबाट दुई÷दुई तथा भुटान, नेदरल्यान्ड्स, फ्रान्स न्युजिल्याण्ड, जर्मनी, भेनेजुएला, मेक्सिको र मलेसियाबाट एक÷एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।

खुला समूह पुरुषमात्रै, महिला समूह, पुरुष ४० वर्षभन्दा माथिको समूह, पुरुष ३१ देखि ३९ वर्षको समूह तथा पुरुष १७ वर्षभन्दा कम उमेर समूहका गरी पाँच विधामा रेस हुनेछ । उक्त रेसको दूरी करिब १३ किलोमिटर रहेको आयोजकले जनाएको छ ।