देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमालयको तेस्रो विमान काठमान्डौंमा

देशान्तर

काठमान्डौं । आफ्नो तेस्रो विमान हिमालय एयरलाइन्सले शुक्रबार राजधानी काठमाडौं ल्याएको छ । हिमालयको एयर बस ए ३२०–१२४ जहाज शुक्रवार ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । नयाँ एयरबस जर्मनीबाट उडाएर काठमाडौं ल्याइएको जनाएको छ ।

हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आईरहेको छ ।
अब साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई थाइल्याण्डको बैंकक चीनको बेइजिङ, ल्हासा र छेङ्दुमा पनि प्रत्यक्ष उडान गर्ने योजना रहेको बताएको छ ।
कम्पनीले एकबर्ष भित्रै वाइड बडी एयरबस ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकामा उडान भर्ने योजना पनि बनाएको बताएको छ ।