काठमाडौँ – नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ । रुस–युक्रेनबीचको तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै युक्रेनमा विकशित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयमता अपनाउन पनि आग्रह गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ सदस्य नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य देशले पूर्ण पालना र सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिनु संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रावधानको विपरीत रहेको उल्लेख गरेको छ ।
‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र साथै कुटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया