देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनले मात्र अस्थिर राजनीतिलाई टुंगो लगाउछ : वरिष्ठ नेता पौडेल

देशान्तर

खोटाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा देखिएका राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउने बताएका छन् । नेपाल तरुण दलले मंगलवार सदरमुकाम दिक्तेलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले स्थानीय निकायको निर्वाचनमार्फत देशमा देखिएका सबै राजनीतिक अस्थिरता समाधार हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।

संविधान कार्यान्वयन गर्न पनि निर्वाचन गर्नैपर्ने अवस्था रहेको बताउँदै उनले भने, “निर्वाचन नगर्ने हो भने प्राप्त उपलब्धि गुम्न सक्छ ।  त्यसैले प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अनिवार्य गर्नुपर्ने अवस्था आएको छ ।”

काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले हिंसालाई शान्तिमा बदल्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।