एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।
बिखण्डनकारी नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।
प्रतिक्रिया