देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ शक्तिका ४ केन्द्रीय सदस्य निष्कासित

देशान्तर

काठमाडौं । नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको घोषणा गरेको छ ।

सोमवार बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई , चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेकाले उनीहरुलाई निस्कासन गरिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।