देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीरगन्ज भन्सारमा तस्करहरुको रजाइँ

देशान्तर

दीपेन्द्र चौहान
वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयमा सरकारको राजस्व कसरी मार्ने, कर्मचारी र व्यापारी कसरी मोटाउने अभियानअन्तर्गत सबै मिलिजुली बाँडीचँडी खान थालेपछि फागुन महिनाभित्र वीरगन्ज भन्सार कार्यालयलाई लगभग एक अर्ब घाटा भएको छ ।

वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र राजस्व टोलीका प्रमुख डीएसपी सुशील सुवेदीले खुलेआम तस्करहरूलाई वीरगन्ज भन्सार कार्यालयको मूल नाकाबाट नै एउटा प्रज्ञापन पत्रबाट चार–चार पटक सामान भित्र्याउने व्यवस्था मिलाएपछि यो अवस्था सिर्जना भएको हो ।

यस कार्यमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेल सोझै संलग्न नदेखिए पनि उनी आफ्ना मातहतका कर्मचारी र जाँचकीहरूलाई नियन्त्रण गर्न सफल हुन सकेका छैनन् । अत्याधुनिक हातहतियार दिएर वीरगन्ज भन्सार कार्यालयजस्तो मुलुकको प्रमुख प्रवेशनाकामा राजस्व चुहावट रोक्न सरकारले खटाएको भएतापनि सशस्त्रका डीएसपी सुशील सुवेदी तस्करको मतियार बनेकोले फागुन महिनाभित्र नौ अर्ब सात करोड २६ लाख ८८ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयको असुली लक्ष्य भए तापनि जम्मा आठ अर्ब नौ करोड ८५ लाख ९४ हजार रुपैयाँ मात्र उठाउन सफल भएको छ । अहिले वीरगन्ज भन्सारमा एक भाग सरकार एक भाग कर्मचारी र एक भाग व्यापारीवाला सिस्टम लागू गरिएको छ ।