देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन महिला संघको माग

देशान्तर

काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसका महिला नेतृहरुले३३ प्रतिशत महिला उम्मेदवार बनाउन पार्टी नेतृत्वलाई दबाव दिन सुरु गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघका पदाधिकारीहरुले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पार्टि केन्द्रिय कार्यालय सानेपामा भेटेर स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दबाव दिएका हुन् । साथै उनिहरुले स्थानीय तहमा महिलाहरुको ३३ प्रतिशत उम्मेदवारी दिने व्यवस्था संविधानमै गराउन पनि पार्टीले अगुवाई गर्नुपर्ने वताएका छन्।

नेपाल महिला संघका पदाधिकारीले उम्मेदवारी चयन गर्ने निकायमा आफूहरुको प्रतिनिधित्व अनिवार्य गराउन पनि माग गरेका छन् ।

उनीहरुले निर्वाचन परिचालन कमिटी र निर्वाचनको घोषणा(पत्र तयारी समितिमा पनि प्रतिनिधित्व खोजेका छन् । निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन समेत महिलाहरुलाई सबै निकायमा समाहित गराएर निर्वाचनमा जानुपर्नेमा आफूहरुले जोड दिएको महिला संघकी अध्यक्ष धना खतिवडाले बताइन् ।
महिला संघले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा दलित महिला उम्मेदवार उठ्ने अवस्था नरहेको भन्दै त्यस्ता ठाउँमा अन्य महिलाहरुलाई उम्मेदवारी दिने गरी मापदण्ड तय गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

जवाफमा कांग्रेस सभापति देउवाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी बनाउँदा महिलाहरुलाई उच्च प्राथमिकता दिने आश्वासन दिएका छन् ।