देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर निर्वाचन एकै चरणमा– गृहमन्त्री निधि

देशान्तर

विराटनगर । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै निर्वाचन हुने बताएका छन् ।

प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले एकै चरणमा मुलुकभर निर्वाचन सम्पन्न हुने बताए ।

उपप्रधानमन्त्री निधीले मधेसी मोर्चालाई सहमत गराएर मोर्चासहितको सहभागितामा निर्वाचन हुने बताउँदै सीमाङ्कनको समस्या अहिले समाधान गर्ने वा सीमाङ्कनका लागि अधिकार सम्पन्न आयोग गठन गरेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका समयमा सुरक्षा व्यवस्थाको प्रभावकारी व्यवस्थापनका लागि सुरक्षा निकायसँग आजै छलफल गरिने जानकारी गराउँदै उनले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न हुने विषयमा ढुक्क रहन आग्रह गरे ।