काठमाडौँ-नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् ।
कम्पनीले नेपालको संस्कृति र कलालाई भेषभुषाको माध्यमबाट चिनाउने लक्ष्यसहित भेषभुषाको शुरुवात गरेको बताएको छ । कार्यक्रममा भेषभुषा डटकमले हरेक उमेर समूहलाई सुहाउने किसिमका डिजाइनबाट हरेक नेपालीका भेषभुषालाई विश्व बजारमा स्थान दिन पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
आफ्नो अनलाइन साइटको माध्यमबाट नेपाली कला संस्कृतिसँग जोडिएका भेषभुषाहरुको विश्व बजारीकरण गरिने पनि बताएको छ । भेषभुषा डटकमले केही वर्षभित्र ५० करोडको लगानी गरेर भेषभुषाको बजारलाई बिस्तार गर्ने सोच बनाएकोे छ । अहिले भने कम्पनीले ५ करोडको लगानीबाट भेषभुषा डटकम शुरु गरेको हो ।
प्रतिक्रिया