देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओमानद्वारा यूएई पराजित, नेपाल र आयरल्याण्ड भिड्दै

देशान्तर

काठमाडौं -चार देशीय टी–२० क्रिकेट श्रृंंखलाको पाँचौ खेलमा आयोजक ओमानले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ७ विकेटले पराजित गरेको छ ।

अल अमेरात क्रिकेट मैदानमा १६५ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १९ ओभर तीन बलमा पुरा गर्यो ।

ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ६९ जोडे ।

यस्तै, शोएब खानले ३४ रनको योगदान गरे । यूएईका कासिफ दाउद र बसिल हमिदले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पापएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो । मोहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए । ओमानका आमिर कलिमले सर्वाधिक ५ विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित निकालेको ओमान ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३ खेलमा २ जित निकालेको यूएई ४ अंकसहित शीर्षस्थानमा छ ।

आज नै अन्तिम खेलमा नेपाल र आयरल्याण्ड भिड्दैछन् । आयरल्याण्ड र नेपाल दुबैले एक एक खेल जितेका छन् ।