देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लता मंगेशकर : केही संस्मरण

देशान्तर

सारा भारत आफ्नी गायिका लता मंगेशकरलाई सरस्वतीको अवतार मान्दथ्यो । तिनै सरस्वतीको प्रतिरूप मानिएकी गायिकाको सरस्वती पूजाको दिनमा नै निधन भयो । भारतका ठुल्ठूला पदाधिकारीदेखि धारणसम्म साराका लागि लता सर्वश्रेष्ठ गायिका मान्दथे । उनैको गीत यो सारा उपमहाद्वीपमा मन पराइन्छ । भारतमा धेरै भाषा बोल्नेहरू छन् । तर सबै लताको स्वरमा मुग्ध भए । नेपाल, श्रीलंका, पाकिस्तान, माल्दिप्स, बंगलादेश, आदि अन्य कयौं देशमा उनको स्वरलाई अद्भुत मानिन्छ । इन्दोरमा सन् १९२९ मा जन्मेकी लता पिता माताकी प्रथम सन्तान हुन् । उनका भाइबहिनी हृदयनाथ, आइगु, उषा र मीन मंगेशकर । यिनीहरू लताका देश विदेशमा हुने कन्सर्टहरू, गाउने संगीत दिने काम पनि गर्दथे । उनका कन्सर्टहरूमा रफी, किशनेर, मुकेश बेलाबेलामा जान्थे ।

बडो रमाइलो हुन्थ्यो कन्सर्टमा । लता त्यसो त गम्मीर विनम्र व्यक्तित्व राख्थिन् । तर स्वाभिमानी पनि थिइन् । उनको स्वाभिमानमा जबजब चोट पुग्थ्यो, उनी त्यसबखत अडिग हुन्थिन् । त्यसकारण रफी, किशोर, कुमार एसडी, वर्मनजस्ता धुरन्धर, संगीतकार, गायकहरूसँग एकएक पटक उनको तोड्याम हुन्थ्यो, तर केही वर्षपछि फेरि मिल्थ्यो र उनी तिनीहरूसित गाउँथिन् । कन्सर्टहरूमा उनको चाहना जस्तो हुन्थ्यो, त्यस्तैगरी व्यवस्था गरेमा त उनी गाउन मञ्जुरी दिन्थिन् ।

उनले विवाह गरिनन् । कसैले सोध्यो – तपाईंले आफ्नो परिवार किन बनाउनु भएन ? उनी भन्थिन्, ‘मेरा भाइबहिनी र उनका सन्तान नै मेरो परिवार हो । अरू आवश्यक छैन ।’ कन्सर्टहरूमा उनी पर्याप्त रकम लिन्थिन् । अमेरिकामा पहिलो कन्सर्टमा उनको फिस थियो प्रत्येक शो तीन सय डलर । त्यसअघि सन् १९७४ मा लन्डनको अल्र्बट हलमा शो गर्ने प्रथम भारतीय बनिन् । उनका कार्यक्रमहरूमा दर्शक टिकट नपाएर पनि फर्कन्थे । यसबाट लताको विदेशमा पनि कति लोकप्रियता थियो भन्ने थाहा हुन्छ । अन्य कार्यक्रमविपरीत उनी आफ्नो ‘शो’मा नृत्य हास्य वा अन्य कार्यक्रम राख्न दिन्न थिइन् । केवल गीतमात्र । उनले सिंगल र दुएट गीतहरू । दर्शकको फर्माइस पनि पूरा गर्थिन्, भ्याउन्जेल । तर उनको गीतको फमाईस पूरा गर्न सम्भव थिएन । विश्वमा सबैभन्दा धेरै गीत गाएको कीर्तिमान उनकै नाउँमा छ गिनिज बुक अफ वल्ड रेकर्डमा । उनले ३६ भाषामा गीत गाएकी छिन् । जसमा नेपाली पनि पर्दछ । मबीबी शाह पनि उनको प्रशंसक थिए । त्यसैले आफ्ना दुईवटा गीत लता मंगेशकरलाई नै गाउन अनुरोध गरे । तारादेवीले पनि गाएकी छन् गीतहरू । लता नेपाल चाहिँ आइनन् । तर रेडियो सुनेरै र रकर्ड बजाएरै र फिल्म हेरेरै पनि उनका धेरै फ्यान थिए नेपालमा । अरू छाडिदिउँ हाम्रा ‘स्वरसम्रा’ नारायण गोपालसमेत उनका फ्यान थिए । नेपाल बुद्धिजीबी, प्रोफेसर, इतिहासविद् पनि उनका फ्यान रहेको मलाई थाहा छ ।

एक पटक कुनै कन्सर्टमा लता गइरहेकी थिइन् । अमेरिकाको एक ठूलो हलमा दर्शक भरिभराउ थिए । त्यहाँ विभिन्न प्रान्तमा बसोबास गर्ने भारतीय थिए, धेरैजसो । नयाँदेखि पुराना पुस्तासम्म लतालाई सुन्न आएका थिए । १० र २० डलरको टिकट किनेर । ३० र ५० का टिकट पनि थिए । सब खचाखत । अब विदेशमा ‘अल्कोहल’ बर्जित गर्न त सकिन्नथियो । केहीजना नशामा पनि पसेका होलान् हलमा । त्यस्ता दर्शक चाहिनेभन्दा बढ्ता वाहवाह गर्ने र झुलीझुली आवश्यकताभन्दा बढी ताली पड्काइरहेका थिए । त्यसलाई त के भन्नु ? एकमद ‘एक्साइडेड’ हुुनु पनि सम्मान त हो, तर ‘मापसे’ ले गराएको एक्साइटमेन्ट कस्तो हुन्छ, अलि अलि हामीलाई पनि थाहा छ । त्यस्तैमा एक त्यस्तै श्रोताले स्टेजमा डलरको बिठो गुटमुट्याएर फालेछ । लताले त्यो देखेपछि गाउँदा गाउँदैकी लता टक्क अडिइन् । त्यस्तरी गाइरहेकी त्यो विशाल भरिभराउ हल, लताको एक्कासि मौनमा स्तब्ध भयो । हलमा सियो झरे पनि सुन्न सकिने सन्नाटा व्याप्त भयो । श्रोतादेखि अन्य सहयोगीवादकहरू सव लतातिर हेर्न थाले । केही क्षणपछि लताको आवाज सुनियो माइकमा –‘हेर्नुस् हामी यहाँ धेरै टाढादेखि तपाईंहरूलाई आनन्द दिन आएका हौं । तपाईंहरू मेरो गीत मन पराएर यहाँ मलाई सुन्न आउनु भएको छ । म तपाईंहरूको सम्मान गर्छु । तपाईंहरू पनि आफ्नो मन पर्ने गायिका सामु उभिएर गाउँदा, लाइभ सुन्दा पक्कै उत्साह भएको होला । तपाईंहरू आफूलाई मनपर्ने गीत सुनेर एक्साइटेड पनि हुनु भयो होला । तर हामी कलाकार हौं । कलाकारको सम्मान तपाईंहरूले पनि गर्नु पर्दछ । गीत र गायिकका सम्मान गर्दा ताली बजाएर सम्मान गर्नुस् । तर यसरी स्टेजमा नोट फ्याँकेर हाम्रो अपमान नगर्नुस् । यो गर्नुलाई म आफ्नो अपमान ठान्दछु । अब जुन महाशयले यो डलर यहाँ फ्याँक्नु भएको छ, उहाँले भलाद्मीपन देखाएर नोट सरक्क टिपेर जानुस्, अनि म गाउँछु ।’ त्यसपछिको घटना मलाई थाहा भएन । अनुमान गर्दछु तिनले अन्ततः नोट टिपे होलान् । म कल्पना गर्दछु, त्यसबखत ती श्रोता कति लज्जित अनुहार लिएर आए होलान् ।

एक ‘शो’ पछि लताको सम्मानमा एक भव्य डिन दिइयो । अन्य कलाकार पनि थिए । सम्मानमा साम्पेन फोर्ने पनि चलन छ । फोहोरा निकाल्दै साम्पिन फोरियो सबैको ग्लासमा हालियो । लताको ग्लास पनि भरियो । उनी ‘चिफ गेस्ट’ थिइन् । त्यस डिनरको अब सबै मुखामुख गर्न थाले । कसैले ग्लास उठाउने हिम्मत जुटाउन सकेन । किनभने लता रक्सीको र पनि सुन्न चाहन्न थिइन् । पिउने त के कुरा ? साम्पिन कसैले उठाएन । सबको अनुहारमा डर थियो । त्यो डिनरमा राज कपुर पनि आइपुगेका थिए । त्यस्तो दृश्य दखेर राज कपुर लता नजिक आए । उनले भने ‘देखों सब तुमारी ओर दश्सत मे देख रहे हैं । यह विदेश मे थोडीसी साम्पेन मह से लगा लो तो कुछ नही होगा ।’ राज कपुरले भनेको कुरा लताले नै लेखेकी छन् । उनकै शब्दमा ‘राज कपुर की बात सुनकर मै मन ही मन हँसी ।’ लताले यति मात्र लेखेकी छन् । त्यसपछि उनले साम्पेनको ग्लास उचालिन् कि उचालिनन् अज्ञात छ ।