काठमाण्डौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आइतबार (आज) दशरथ रंगशालामा दुई खेल हुँदै छन् । दशौँ चरण अन्तर्गत हुने दिनको पहिलो खेलमा न्युरोड टिम एनआरटीले हिमालयन शेर्पाको सामना गर्ने छ।
एनआरटी र हिमालयन शेर्पाबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । त्यस्तै दशरथ रंगशालामै हुने दिनको दोस्रो खेलमा विभागिय टीम एपीएफले संकटाको सामना गर्ने छ । एपीएफ र संकटाबीच ४ः४५ मा प्रतिस्पर्धा हुने छ ।
पहिलो खेलमा प्रतिस्पर्धा गर्ने एनआर्टीले लिगको अंक तालिका सुधार गर्दे शिर्ष पाँचमा उक्लिने प्रयासमा हुने छ । शेर्पा पनि एनआरटीलाई पराजित गर्दै लिग अंक तालिका सुधारको प्रयासमा हुने छ । एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहँदा समान खेलबाट शेर्पा ११ अंकका साथ आठौं स्थानमा रहेको छ ।
त्यस्तै दोस्रो खेलमा संकटासँग भिड्ने एपीएफ आफुलाइ रेलिगेशनको दबाबबाट पुर्ण रुपमा मुक्त गर्न चाहन्छ । पछिल्लो समय राम्रो लयमा रहेको एपिएफको अंक तालिकामा ९ खेल १० अंक रहेको छ । एपिएफ नवौं स्थानमा छ । संकटाभने उपाधि दाबेदार क्लबमाथि दबाब बढाउने सुरमा हुने छ । उसले ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा आफुलाई राखेको छ ।
प्रतिक्रिया