काठमाडौँ – संगीतकार महेश खड्काले संगीत चोरेको भनेर संगीत चोरी गरेको आरोप निराधार रहेको बताए ।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानूनि उपचार खोज्ने धेरै कानूनि उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पु¥याएको आरोप लगाए । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको “नोगेन” बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाएको छ । संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चा भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाउनु भएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौति दिए ।
पछिल्लो समय नेपाली गीत संगित र शब्द चोरीको आरोप प्रत्यारोपको शिलशिला चलेको छ । कहि दिन अघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत “न बिर्से तिमीलाई, न पाएँ तिमीलाई” गाएपछि गायिका रिमाल विवादमा आएका थिए । यस्तै गायक दुर्गेश थापा “पैशा” नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो । यता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र बसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानूनि उपचारमा भने गएका छैनन् ।
प्रतिक्रिया