काठमाण्डौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शुक्रबार (आज) बाट दशौँ चरणको खेलहरु सुरु हुँदै छन् । दशौं चरणको पहिलो दिन दुई खेल हुने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज विरुद्व प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामानै दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेलको सामना गर्ने छ ।
दिउँसो १ बजे सुरु हुने फ्रेन्ड्स र ब्रिगेडबीचको खेलमा दुबै टीम स्पष्ट तीन अंकको खोजिमा हुने छन् । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
आर्मी उपाधि होडमा फर्कने प्रयासका लागि ४ः४५ मा मैदानमा उत्रने छ ।
प्रतिक्रिया