काठमाडौं । नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज थप सेयर निष्कासन (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ ।
रु १०० अङ्कित सो सेयरमा प्रतिकित्ता रु ५०१ प्रिमियम थप गरी प्रतिकित्ता रु ६०१ का ९० लाख ६९ हजार ३८८ कित्ता सेयर निस्कासन सम्झौता भएको हो ।
सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।
]]>
प्रतिक्रिया