देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाधान भारतसँग छैन, नेपालसँगै छ– भारतीय नेता

देशान्तर

काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतले नाकाबन्दी नगरेको भन्दै नेपालको आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।

“भारत सधैँ नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास होस् भन्ने चाहन्छ, भारतले घोषित वा अघोषित नाकाबन्दी गरेको छैन, त्यसैले नेपालमा देखिएको पछिल्लो सङ्कटको समाधान भारतसँग छैन, नेपालसँगै छ”– नेता जोलीले भने ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनले भारतले नाकाबन्दी गर्नुभन्दा पनि तराईमा असुरक्षा भएका कारण आपूर्ति सहज हुन नसकेको जिकिर गरे । उनले भारतले तराईमा देखिएको समस्यालाई राजनीतिक दलका नेताले वार्ता र संवादमार्फत सहमतिका आधारमा समाधान गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको देख्न चाहेको बताए ।

एक फरक प्रसङ्गमा उनले भारतका नेताले कुनै पनि समयमा नेपालको विरूद्धमा अभिव्यक्ति नदिएको र यदि कसैले दिएको भए पनि त्यो उसको व्यक्तिगत अभिव्यक्ति हुने दाबी गरे । उनले भारत र नेपालबीचको सम्बन्ध निकै पुरानो, ऐतिहासिक र सुमधुर भएको हुँदा त्यसलाई कायम राख्ने बताए । 

पछिल्लोपटक नेपालमा देखिएका समस्याबारे भारतको केन्द्रीय सरकारसमक्ष राख्ने उनको भनाइ छ । उनले नेपालमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान हुनेमा विश्वास व्यक्त गरे ।

]]>