देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिउँमा फसेका ५५ जनालाई खानेकुरा लिएर हेलिकप्टर पाटन उड्यो

देशान्तर

जुम्ला – कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकप्टर पठाएको छ । माघ २० गतेदिखि परेको भारी हिमपातका कारण उनीहरू विभिन्न ठाउँमा हुन् ।

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार भोकबाट बचाउन तत्काल उनीहरूलाई खानेकुरा खसाल्ने गरी सानो हेलिकप्टर सुर्खेतबाट उडेको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीयवासी सुरतबहादुर शाहीसहितको टोली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएको छ । त्यो टोलीले उनीहरूले अवस्थाका बारेमा बुझ्ने उहाँले जानकारी दिए ।

स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दुरीमा रहेको गाग्रा, एडीओडार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका हुन् । उनीहरू सेतक चिनी ९खिरौँला० कोर्न पाटन गएका थिए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरूको उद्धार कार्यको तयारी भइरहेको बताए ।

हिउँको चिसोले कठ्याङ्ग्रिएर त्यस क्षेत्रमा तातोपानी ८ की देवी शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।