देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिकामाथि प्रश्न चिन्ह

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्ना नेतालाई संसदमा बोल्न नदिएको बिषयलाई लिएर सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएको छ । सत्ता गठबन्धन दलहरुको साठगाँठका आधारमा बिहीबारको संसदमा संसदीय परम्पराविपरीत प्रतिपक्षी एवं सबभन्दा ठूलो दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेका हुन् ।

सभामुख घर्तीले विहिबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि विवाद भएको हो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनु पर्ने माग राख्दै उठेका थिए ।

तर, सभामुख घर्तीले यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले संसदीय मुल्य र मान्यताविपरीतको अभ्यास भएको भन्दै संसदमा होहल्ला गरी बैठक चल्न दिएनन । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>