देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशी मोर्चासंगको वार्ता सुस्तायो

देशान्तर

काठमाडौं । सरकार–मधेसी मोर्चाबीच कात्तिक १५ गते सकरात्मक वार्ता भएपछि अर्को चरणको वार्ता निर्णायक बनाउने भन्दै दुवै पक्षका नेता बैठकबाट उठेका थिए । भोलिपल्ट वीरगंजमा प्रहरीले सीमा नाकामा जारी धर्ना खुलाउन खोज्दा झडपपछि अकमस्मात संवादको वातावरण विथोलियो ।

आपसी मतभेद थाती राख्दै दुवै पक्ष कात्तिक २९ मा फेरि वार्ताको टेबुलमा त आए तर त्यसको पनि त्यसले पनि निकास दिएन । कात्तिक १५ को निर्णय अनुरुप अर्को वार्ता शीर्ष तहमा हुन्, त्यसमा प्रमुख प्रतिपक्षी कांग्रेससमेत सहभागी बन्ने भनिएको थियो ।

सरकारले भने बार्गेनिङ बढाउन मधेसी मोर्चा मधेसमा हिंसा मच्चाउन उद्यत रहेको आरोप लगाएको छ । मोर्चाले  भने तीन ठूला दलले साझा धारणा ल्याउने भनेता पनि नल्याएको बताएका छन् । छुट्टाछुट्टै तहमा संवाद गर्न चाहेको कांग्रेसले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>