देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा आर्थिक अध्यादेश स्वीकृत

देशान्तर

काठमाण्डौँ-कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । मंगलबार प्रदेशसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।

संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेका थिए । प्रदेशसभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । यस अघि बजेटमा केही कार्यक्रम बाहेकका १५ लाख भन्दा कम योजनाहरू कार्यान्वयन नगर्ने सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको थियो ।