काठमाडौँ — नेपाल मोरिससविरुद्ध दशरथ रंगशालामा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ टुंगिदा १–० ले अगाडि रहेको छ । नेपालका लागि सुजल श्रेष्ठले गोल गरेका हुन् । उनले दसौं मिनेटमा गोल गरेका हुन् ।
मोरिससले आफ्नो पेनाल्टी एरियामा बल क्लियर गर्न नसकेपछि सुजलले नजिकको दूरीबाट गोल गरे । त्यसका लागि उनले पुजन नगरकोटीले बल उपलब्ध गराएका थिए ।
नेपालका लागि यो उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि उनले टिमोर लिस्टे र लाओसका लागि गोल गरे । छ वर्ष अगाडि सन् २०१६ मा एएफसी सोलिडारिटी कपमा गोल गरेका थिए ।
त्यस गोललगत्तै मोरिससले पेनाल्टी पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन् । दिनेश राजवंशीले लिन्सले ब्रेजलाई लडाएपछि मोरिससले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा एन्डी सोफिको प्रहारलाई नेपाली गोलरक्षक किरण लिम्बूले गोल हुन दिएनन् । किरणले सोफिको प्रहारमा सही अनुमान गरे र दायाँतर्फ डाइभ गर्दै बललाई रोके ।
प्रतिक्रिया