देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानको लडाकु विमानको खोजी कार्य तिब्र

देशान्तर

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ ।

जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट सोमबार उडेको विमान राडारको सम्पर्क बाहिर रहेको छ ।

५ किलोमिटर उडेपछि जापान सागरमाथिबाट विमानको सम्पर्क टुटेको थियो ।

विमानमा २ जना चालक दलका सदस्य थिए । यो विमान प्रशिक्षणका लागि प्रयोग गरिएको थियो ।

विमान दुर्घटना भएको अनुमान गरिए पनि आधिकारिक जानकारी भने आएको छैन ।

खोजी कार्यका क्रममा विमानको राडारसँग सम्पर्क टुटेको क्षेत्रमा केही तैरिरहेको वस्तु फेला परेको बताइएको छ ।

विज्ञहरुको टोली खोजीमा जुटेका छन् ।

यो लडाकु विमान स्क्वाड्रनको हो, जसले रणनीतिक उडान प्रशिक्षणको क्रममा दुश्मनको विमानको रूपमा काम गर्दछ ।