देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरगन्ज नाका हुँदै ६ महिनामा २६ अर्बको तेल निकासी

देशान्तर

काठमाडौँ — वीरगन्ज नाकाबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल निकासी बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आवको यसै अवधिको तुलनामा यी तीनै प्रकारका तेलको निकासी बढेको हो । चालु आवको ६ महिनामै यो नाका हुँदै २६ अर्ब रुपैयाँ बढी मूल्यको यी तेल निकासी भइसकेको छ । कच्चा तेल ल्याउने र नेपालबाट प्रशोधन गरेर बाहिरिने गरेको छ ।

यी तीनै तेलको उच्च निकासीको कारण चालु आवको पुस मसान्तसम्ममा यो नाका हुँदै सर्वाधिक निकासी हुने वस्तुहरुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोस्रो नम्बरमा तथा सूर्यमुखीको तेल चौथो नम्बरमा रहेका छन् ।

चालु आवको पुस मसान्तसम्ममा यो नाकाबाट २२ अर्ब १० करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ करोड २० लाख किलो भटमासको तेल निकासी भएको छ । तुलनात्मक रुपमा हेर्दा गत आवको यसै अवधिमा ११ अर्ब ५५ करोड रुपैयाँ बराबरको ७ करोड ८३ लाख किलो भटमासको तेल निकासी भएको थियो । यसको निकासी ११ प्रतिशतले बढेको हो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाली उद्योगीहरुले विभिन्न मुलुकबाट भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्ने गरेका छन् । आयातकर्ताले निकासी प्रयोजनका लागि भनेर बैंक ग्यारेन्टीमा आयात गर्ने गरेकाले यसको आयात गर्दा खासै शुल्क नलाग्ने उनले बताए । भारत बाहेक थोरै परिमाणमा जर्मनी लगायतका युरोपेली मुलुकमा भटमासको तेल निकासी भएपनि त्यो न्युन परिमाणमा हुने गरेको छ ।