देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० जनालाई मृत्युदण्डको सजाय दिने इजिप्ट अदालतको फैसला

देशान्तर

काठमाडौं । इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । सोही अभियोगमा गत बर्ष पक्राउ परेका ९ जना हिरासतमा छन् भने एक जनालाई हालै पक्राउ गरिएको हो ।

उनीहरुले हेल्वान ब्रिग्रेड्स नामक समुह बनाई प्रहरीलाई आक्रमण गरी सरकारलाई असफल बनाउने योजना बनाएको आरोपमा सजाय सुनाइएको हो ।

इजिप्ट विश्वमा सर्वाधिक मृत्युदण्डको सजाय दिने मुलुकमध्ये तेश्रो स्थानमा छ । चीन र इरानपछि इजिप्ट मृत्युदण्डको सजाय बढी दिने मुलुकको रुपमा परिचित छ ।

एमनेस्टी इन्टरनेशनलका अनुृसार इजिप्टमा गत बर्षमा मात्रै सय भन्दा बढीलाई मृत्युदण्ड दिएको थियो ।