देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ मा मन्त्रालयको संख्या टुंग्याइँदै

देशान्तर

काठमाण्डौँ-प्रदेश १ सरकारले मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ ।

त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्‍याउने तयारी छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विभाजन गर्ने तयारी रहेको बताए । मन्त्रालयको संख्या टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । स्रोतका अनुसार उनले मन्त्रिपरिषद‍्को संख्या १५ सदस्यीय बनाउने तयारी गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारपछि माघ २० गतेदेखि प्रदेशसभा बैठक सञ्चालनको तयारी छ । गत मंसिर १ गते स्थगित भएको प्रदेशसभाको अधिवेशन शुरु भएको छैन ।