देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिप्टोको कारोबार बढ्दै, इलेक्ट्रिनिक पर्सको रूपमा डिभाइस आयात

देशान्तर

 

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्टुनको बक्स भेटिएसँगै नेपालमा क्रिप्टोको कारोबार मौलाएको पाइएको छ । गत पुस १ गत चीनबाट आयात गरिएको दुई हातले सजिलैसँग उठाउन सक्ने कार्टुनको बाहिरपट्टि इलेक्ट्रिक पर्स लेखिएको सामान आयात भएसँगै कारोबार मौलाएको पाइएको हो ।

राष्ट्र बैंकले नेपालमा अनुमति नदिएको क्रिप्टोसँग सम्बन्धित क्रियाकलाप एकाएक मौलाएसँगै भन्सार विभाग र प्रहरीको अनुसन्धान तीव्र बनेको छ । यसरी क्रिप्टोको वालेट नै भित्रिनुले पुष्टि गर्छ– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तीव्र्र रूपमा अगाडि बढिसकेको छ । गत मंंगलबार मात्र चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३७ करोड बिगोसहित मुद्दा दायर गरेको छ । कैलालीका दिनेश खड्का अहिले यस क्षेत्रसँग चासो राख्नेहरूबीच चर्चित छन् । राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा ग्लोबल आईएमई बंैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार भएको देखिएको छ, जसको कनेक्सन क्रिप्टोसँग छ । यसले पनि के पुष्टि गर्दछ भने अन्तर्राष्ट्रिय बजारमा चल्ने क्रिप्टोलागयत विभिन्न नाम दिइएको करेन्सी नेपालमा पनि बढेको देखिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको सामानमा एनएनजीनस्याङ क्लोजिङ कम्पनीको नाम लेखिएको थियो । कार्टुन खोलेर हेर्दा अन्य साना ३० वटा प्याकेटहरू थिए । तिनको बाहिरपट्टि ’साफ्पाल एस वान’ लेखिएको थियो । त्यसको तलतिर सानो अक्षरमा क्रिप्टोकरेन्सी हार्डवेयर वालेट लेखिएको थियो । त्यस सामानले अर्थ मन्त्रालय र भन्सार विभागलाई अचम्मित तुल्याइदिएको थियो । पुस २ गते भन्सार कार्यालयले सामानका बारेमा अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । त्यस सामानको सीआईबीले एक साता लामो समयसम्म अनुसन्धान गर्‍यो ।

केन्द्रीय अनुसन्धान ब्युरो पनि देशभित्र विदेशी नागरिकसहितले क्रिप्टोकरेन्सी कारोबार गरिरहेको सूचनाबाट बाहिर थिएन । त्यसपछि हात लागेको यस्तो डिभाइसले झनै अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो । तर, पुस ११ गते सीआईबीले भन्सार कार्यालयलाई अनुसन्धान सकेर पत्राचार गर्‍यो । पत्रमा बरामद भएको सामग्री क्रिप्टोकरेन्सीमा प्रयोग हुने डिभाइस भएको उल्लेख गर्‍यो ।

सीआईबीले पठाएको पत्रमा प्राइभेट कि भण्डार गर्ने डिभाइस भएको तर भण्डार नभएको उल्लेख गरिएको थियो । ’यो क्रिप्टोमा प्रयोग हुने डाटाहरू सुरक्षित राख्न प्रयोग हुने डिभाइस भएको हाम्रो अनुसन्धानमा देखिएको थियो,’ केन्द्रीय अनुसन्धान ब्युरोका डीआइजी धीरजप्रताप सिंहले देशान्तरसँग भने । भन्सारमा आइपुगेको सामान नेपालमा प्रतिबन्धित भएको खुल्यो । त्यसपछि भन्सार कार्यालयले जफत गरेर नष्ट गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

को थिए क्रिप्टोको डिभाइस मगाउने ?

भन्सारमा आइपुगेको सामानको एक पिसको दुई डलर मात्र हो । अर्थात्, सबै गरी ६० डलर । आजको विनिमय दरअनुसार ७ हजार २ सय रुपैयाँ मात्र हो । बिलमा लेखिएको मूल्य सामान्य नै भए पनि यस पछाडि हुने गतिविधिको मूल्य भने चर्को हुने केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ । केही दिनसम्म सामान लिन को आउँला भन्ने सबैको चासोको विषय बनेको थियो । सामान भित्रिएको केही समयपछि एक व्यक्ति भन्सार कार्यालय पुगे– त्यसलाई लिनका लागि । अन्दाजी ५० वर्षीया महिला सामान लिन पुगेकी थिइन् ।

सामान लिन पुगेकी महिलाको नाम– सञ्जु न्यौपाने काठमाडौंको कोटेश्वर ठेगाना रहेको थियो । उनीमाथि सामान्य सोधपुछ भयो । तर, उनलाई के सामान आउँदैछ भन्नेसमेत थाहा रहेनछ । सामान छुटाउन गएकी महिलाको पृष्ठभूमिसमेत सोधखोज भयो । तर, भन्सार कार्यालयले र सीआईबी दुवै विश्वस्त भएनन् – त्यो सामान उनै महिलाले झिकाएकी हुन् भन्ने विषयमा । आफन्तले अस्ट्रेलियाबाट सामान पठाएको बताइन् तिनै महिलाले । कुनै आपराधिक पृष्ठभूमि नदेखिएपछि महिलालाई हाजिरी जमानीमा छाडिएको थियो ।