देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिको वार्तामा काँग्रेसले सकारात्मक भूमिका निर्वाह गर्ने

देशान्तर

काठमाडौं । सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि हुने त्रिपक्षीय वार्तालाई निष्कर्षमा पुर्याउन नेपाली काँग्रेसले सकारात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

आन्दोलनरत दलका मागलाई सम्बोधन गरी मुलुकको वर्तमान समस्या हल गर्ने विषयमा निर्णय गर्न आज भएको काँग्रेस पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा मुलुकको वर्तमान समस्या र मोर्चाले उठाएको ११ बुँदे मागका सम्बन्धमा गम्भीररुपमा छलफल हुनुका साथै भोलि हुने वार्तालाई सफल बनाउन सबै विकल्पमाथि खुलारुपमा छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता दीेलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

काँग्रेसले यसअघि आफ्नै नेतृत्वको सरकारले पेस गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरे तराई मधेसमा भइरहेको आन्दोलनको धेरैजसो माग पूरा हुने भन्दै त्यसलाई तत्काल पारित गर्न सबै दलसँग आग्रह गरेको छ ।

यसबाहेक मोर्चाले उठाएको सीमाङ्कनको विषयमा पनि काँग्रेसले मुलुकको हितमा र पुनः अर्को आन्दोलन नहुने गरी छलफल गर्न सकिने निष्कर्ष निकालेको प्रवक्ता बडूले बताए ।

मोर्चाको ११ बुँदे मागका सम्बन्धमा कतिपय माग सरकारले पुरा गर्नसक्ने रहेको अवगत गराउँदै प्रवक्ता बडूले भने, “अन्य राजनीतिक मागका बारेमा भोलि हुने वार्तामा हामी विभिन्न विकल्पमा खुलारुपमा छलफल गर्न तयार छौँ ।”

काँग्रेसले वार्तामा सकारात्मकरुपमा प्रस्तुत हुने र मोर्चाका मागका सम्बन्धमा अन्य दलबाट आउने धारणा सुनेपछि आन्दोलनका माग सम्बोधन गर्न लचक हुने निर्णय गरेको छ ।

बैठकमा सभापति कोइरालाले संयुक्त राज्य अमेरिकाबाट फर्केर आएपछि अन्य दल र मोर्चासँग भएका छलफलका बारेमा जानकारी गराएका थिए ।

सत्तारुढ दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल काँग्रेस र आन्दोलनरत मोर्चाबीच भोलि निर्यायक वार्ता हुने बताइएको छ ।

]]>