देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले गिरावट

देशान्तर

काठमाडौं-पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१।६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३।५९ अंकले बढेर २ हजार ९३१।५९ विन्दुमा पुगेर रोकिएको थियो ।

यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१।६१ अंकले घटेर २ हजार ७७९।९८ विन्दुमा झरेको छ ।

अघिल्लो साता ७३।५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१।६१ अंकले गिरावट आएको हो । पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०।८३ अंकले घटेर २ हजार ९२०।५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ०।०६ अंकले बढेको थियो भने फ्लोट इण्डेक्स १।२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।६३ अंकले घटेको थियो ।

आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १०० अंकको हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९।८६ अंकले गिरावट आएर २ हजार ८२०।६५ बिन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार भने नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५।५९ अंक घटेर २ हजार ८१५।०६ विन्दुमा झरेको थियो ।

त्यसैगरी,सेन्सेटिभ इण्डेक्स १।०९ अंक, फ्लोट इण्डेक्स ०।३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।२४ अंक घटेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको थियो ।

मंगलबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार ३८।४२ अंकले घटेर २ हजार ७७६।६१ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स ६।६ अंक, फ्लोट इण्डेक्स २।८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।३४ अंक घटेको थियो ।

बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।