लाहोर – चर्चित पाकिस्तानी पत्रकार हसनेइन साह हत्याको विरोधमा विभिन्न निकायहरुले देशव्यापी प्रदर्शन गर्दैछन् । साहको हत्याको सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग गर्दै त्यहाँका विभिन्न निकायहरुले बिहीबार देशव्यापी प्रदर्शन गर्न लागेका हुन् ।
पाकिस्तान न्युजपेपर एडिटर्स काउन्सिल, पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट लगायत विभिन्न संघसंस्थाका अधिकारीहरुले पत्रकार साहको हत्याको विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले हत्याराको खोजी र कारबाहीसँगै पत्रकारको सुरक्षाको माग समेत गरेका छन् ।
पत्रकार साह निजी टेलिभिजन च्यानलका क्राइम रिपोर्टर हुन् । गएको सोमबार लाहोर प्रेस क्लब अगाडि उनको गोली हानि हत्या गरिएको थियो ।
प्रतिक्रिया