देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इङल्याण्डमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो

देशान्तर

काठमाडौं – इङल्याण्डमा कोरोना भाइरससम्बन्धी अधिकांश प्रतिबन्ध हटाइएको छ। बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने सहितका प्रतिबन्धात्मक नियम हटाइएको हो।

बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा कोभिड पास लिएर मात्रै प्रवेश गर्न पाइने नियम हटेको छ ।

संक्रमित व्यक्ति ५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम भने कायमै रहेको एबीसी न्युजले जनाएको छ ।सरकारले गत हप्ता मात्रै घरबाटै काम गर्ने र कक्षाकोठामा मास्क लगाउनुपर्ने नियम खारेज गरेको थियो ।

तर केही व्यवसायी र सार्वजनिक यातायात सञ्चालकले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहने बताएका छन् । लण्डनका मेयर सदिक खानले समेत राजधानीका बस एवं भूमिगत रेलमा यात्रा गर्दा मास्क लगाउनु पर्ने बताएका छन् ।