काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार प्रमुख तीन दलको बैठक हुने भएको छ ।
प्रधानमन्त्री निवासमा बिहान सत्तारुढ दल नेकपा (एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
मोर्चाका माग सम्बोधनका सन्दर्भमा सोे बैठकले साझा धारणा तय गर्ने र मोर्चासँगको वार्ताको नयाँ मिति पनि निर्धारण गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया