काठमाण्डौँ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच खेल हुँदैछ ।
आजका विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि खेल्ने छ । यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल शनिबार हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
प्रतिक्रिया