काठमाडौं-श्रीलंकाको उपभोक्ता मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाएको पाइएको छ ।
डिसेम्बर महिनामा उपभोक्ता मूल्य वृद्धिदर हालसम्मकै उच्च १४% पुगेको हो ।
श्रीलंकामा उच्च मूल्य वृद्धिसँगै खाद्यान्न र इन्धन संकट पनि बढ्दै गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत वर्ष एग्रोकेमिकल आयातमा प्रतिबन्ध लगाएपछि श्रीलंकाको करिब ३०% खेतीयोग्य जमिन बाँझै रहेको छ । जसका कारण धान उत्पादनमा पनि उल्लेख्य कमी आउने बताइएको छ ।
प्रतिक्रिया