काठमाण्डौ । सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५७ औँ बर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिदै आफ्ना सेवालाई गुणस्तरिय बनाउदै ग्राहकलाई भरपर्दो र सुरक्षित बैँकिङ सेवा प्रदान गर्दै जाने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री जनार्दन शर्माले बैँक तथा वित्तीय क्षेत्रमा लागु गरिएका विवेकशील नियमहरुकोअनुपालनाबाट वित्तीय प्रणालीको स्थायीत्वमा बाणिज्य बैकले भूमिका खेल्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छ ।
बैँकको बार्षिकउत्सबको अवसरमा नेपाल राष्ट्र बैँकका गभर्नर महा प्रसाद अधिकारी लगायतले शुभकामना दिएका छन् । उत्सबकै अवसरमा बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैँकको सेवामा थप गुणस्तरियता बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया